२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

वडा नम्बर २९ को प्राथमिकतामा बाढी नियन्त्रण, सडक, ढल तथा खानेपानीका कार्यक्रम

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो ।

यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।

images

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ ।

बौद्ध र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमासमेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।

इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दूको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २९ ले बाढी नियन्त्रण, सडक, ढल तथा खानेपानीका कार्यक्रमसहित पूर्वाधार निर्माण, प्रदुषण नियन्त्रण, हरियाली प्रवर्धन, पार्क निर्माण लगायत वातावरणीय सुधार, ध्यान, योग, व्यायामसहित स्वस्थ्य जीवनका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

images

वडाले आर्थिक वर्ष २०८२र०८३ का लागि वार्षिक बजेट, कार्यक्रम तर्जुमा गर्न आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा टोल सुधार समिति, उपभोक्ता समिति, स्थानीय क्लव तथा संघसंस्था, साझेदार, सरोकारवालाहरुले राखेको माग अनुसार नै वडाले काम गर्दै आएको छ ।

विपद पूर्वतयारी, उद्यमशीलता, खुला स्थानहरुको संरक्षण र सबैको पहुँच वृद्धि, बालबालिका, ज्येष्ठ नागरिक र महिला लक्षित कार्यक्रमको थालनी भएको छ ।

त्यस क्रममा धोवी खोलामा आउने बाढीबाट हुने जोखिम घटाउने, करुणाकेशर, वेणुगोपाल मन्दिर व्यवस्थापन, सहरी सुरक्षाका कार्यक्रम, होस्टललगायतका व्यवसाय सञ्चालन, सामाजिक मनोविमर्शका कार्यक्रम गर्न स्थानीय बासिन्दाले गरेको माग अहिले वडाले कार्याान्वयन तहमा लगेको छ ।

स्थानीयको अपेक्षा सुनिसकेपछि वडाध्यक्ष कुश ढकालले सबै मिलेर, सबैका लागि लाभ हुने गरी योजना तर्जुमा गर्दै तर्जुमा गरिएका कार्यक्रम कार्यान्वयनका लागि सबैले दायित्व बोध गर्नुहुनेछ भन्ने अपेक्षा गरे ।

वडाबासीले अपेक्षा गरेका कतिपय समस्याहरु नीतिगत समस्याका कारण समाधान गर्न सकिएका छैनन् ।

काठमाडौँ महानगरपालिकाको वडा नं। २९ ले विहीबार एकै दिन ३ वटा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

‘लोकतन्त्रको मर्म भनेको जनताको समस्या उनीहरुकै ठाउँमा समाधान गरिदिनु हो ।’ कार्यक्रममा वडा २९ का अध्यक्ष एवं न्यायिक समितिका सदस्य कुश ढकालले भने, ‘शिक्षा, स्वास्थ्य र न्यायमा नागरिकलाई सहजता प्रदान गर्ने हो भने सबैले सरकार भएको महसुस गर्न पाउँछन् ।’

Untitled
Untitled
Untitled