काठमाण्डू, काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो ।

यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।

शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०.६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ ।
बौद्ध र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।

इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दूको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।
काठमाडौं महानगरपालिकाको ३० वडामा पर्ने डिल्लीबजारको विभिन्न क्षेत्रमा द्वार हालेको छ ।

वडा नं ३० स्थित चारखाल अड्डा सडक को सहायक गल्ली ढल तथा ढलान निर्माण कार्य सम्पन्न गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं ३० को हलमा उपत्यका स्वतन्त्र निर्माण व्यवसायी संघको आयोजनामा काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष श्री दलबहादुर कार्कोको प्रमूख अतिथित्यमा समापन भएको थियो ।
यसै गरी वडाले श्री भगभती मार्गमा व्यामशाला कम्पाउण्ड निर्माण गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं.३० स्थित हरेक टोलटोल, मार्ग र गल्लीहरुमा आवश्यक अनुसार प्रत्येक वर्ष नयाँ बत्ती जडान तथा मर्मत गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नं. ३० को सहयोगमा र राष्ट्रिय वहिरा तथा सुस्त श्रावण संघको आयोजना ३ महिने नेपाली सांकेतिक भाषा तालिम र १० दिने सिपमूलक कार्यक्रम पनि सम्पन्न गरेको छ ।

वडाले पोषण भत्ता वितरणका लागि विवरण पठाउने म्याद थप सम्बन्धी जरूरी सूचना यही २०८१ फागुन मसान्त सम्म ७५ वर्ष भएका वरिष्ठ जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई बार्षिक रूपमा रु १२००० (बाह्र हजार) पोषणयुक्त खानारसामाग्रीरऔषधि उपचारमा खर्च पनि प्रदान गरेको छ ।
वडाले सक्षम नेपाल, ज्ञानेश्वरको आयोजना र काठमाडौं महानगरपालिका वडा ३० कार्यालयको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको लागि १ एक महिने संगीत तालिम कार्यक्रममा वडा अध्यक्ष श्री दलबहादुर कार्कीको प्रमुख अतिथित्वमा तालिमको आयोजना गरेको थियो ।


































