बलेफी, बागमती प्रदेश अन्तर्गतको बलेफी गाउँपालिका, सिन्धुपाल्चोक जिल्लाका १२ वटा स्थानीय तह मध्ये एक महत्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको स्थानीय तह हो ।

यो गाउँपालिका जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा गाविसहरु समेटेर स्थापना भएको हो ।
यस गाउँपालिको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मी. रहेको छ । यहाँ हिन्दू बौद्ध र क्रिश्चियनहरुको बसोबास रहेको छ ।

यहाँको मुख्य भाषा नेपाली हो, त्यस्तै तामाङ, नेवार र अरु भाषा पनि बोलिने गर्दछन् ।

यस गाउँपालिकाको कुल जनसंख्या १७,०८५ रहेको छ । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले बलेफी गाउँपालिकालाई ८ वटा वडामा विभाजन गरको छ ।

सोही आधारमा गाउँपालिकाले प्रशासनिक एवम् सेवा प्रवाहका कार्य गरिरहेको छ ।

बलेफी गाउँपालिकाको पूर्वमा बाह्रबिसे नगरपालिका, पश्चिममा चौतारा साँगाचोकगढी नगरपालिका, उत्तरमा जुगल गाउँपालिका र दक्षिणमा सुनकोशी गाउँपालिका रहेका छन् ।

ऐतिहासिक चिनारी तथा नामाकरण
बलेफी गाउँपालिका सिन्धुपाल्चोक जिल्ला भित्रको एउटा सुन्दर गाउँपालिका हो । यो जिल्लाको मध्य भागमा अवस्थित छ ।

काठमाडौंबाट अरनिको राजमार्ग हुँदै ७२ किलोमिटर दूरी पार गरेपछि बलेफी गाउँपालिको प्रशासनिक कार्यालय पुगिन्छ ।
बलेफी गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको बलेफी बजार समुन्द्र सतह देखि ८०० मिटरको उचाईमा रहेको छ ।

सिन्धुपाल्चोक जिल्लाका साविकका ४ वटा गाविसहरु समेटी नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७१ मंसिर २६ गतेको निर्णयअनुसार बलेफी गाउँपालिका घोषणा भएको हो ।

साविकका गाविसहरु क्रमशः जलबिरे, फुल्पिङकोट, फुल्पिङडाँडा र मांखा मिलेर बलेफी गाउँपालिकाको भौगोलिक संरचना बनेको छ ।

बलेफी गाउँपालिकाको कुल क्षेत्रफल ६१.६० वर्ग कि.मि रहेको छ । यस गाउँपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालनका लगायत आन्तरिक पर्यटन उद्योगको प्रचुर सम्भावना रहेको छ ।
भोटेकोशी र ब्रम्हायणी नदीको संगमस्थल बलेफी बजारको नामबाटै गाउँपालिकाको नामाकरण गरिएको हो ।

अरनिको राजमार्ग, जुगल हिमालको आधारशिवीर जाने मुल बाटो बलेफी चर्चीत एवं ऐतिहासिक बजार हो । बलेफी दोभानमा ऐतिहासिक कपिलेश्वर महादेव मन्दिर रहेको छ ।
राजनीतिक अवस्थिति
बलेफी गाउँपालिका संघीय गणतन्त्र नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने गाउँपालिका हो । यो गाउँपालिका सिन्धुपाल्चोक जिल्लाका ९ गाउँपालिका मध्ये केन्द्र भागमा रहेको छ ।

समुद्री सतहबाट ८ सय देखि २४ सय मिटरको उचाइमा रहेको बलेफी गाउँपालिकाको केन्द्र बलेफी बजारमा छ ।
पालिकाको नयाँ प्रशासनिक भवन बलेफी बजारदेखि केही माथि बनिरहेको छ ।
धरातलीय अवस्था
बलेफी गाउँपालिका सुनकोशी र बहयणी नदीको पवित्र संगम स्थल पूर्व, पश्चिम र दक्षिणी सिमानामा तर्फ नदी छ ।
बलेफी गाउँपालिका प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले उत्कृष्ट गाउँपालिकाहरुको सूचिमा पर्छ ।

गाउँपालिकाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलश्रोत, जङ्गल र टाकुराहरु छन् ।
गाउँपालिकाको पुर्वमा रहेको प्रमुख भन्सार बिन्दू तातोपानी अरनिको राजमार्ग जाने सडक पनि यसै गाउँपालिकामा पर्दछ ।
भौगोलिक रुपमा यस गाउँपालिकाको अधिकाशं भाग भिरालो भू–धरातल छ र धेरै जसो सुख्खा पाखो जग्गा भएकोले वर्षाद धेरै हुँदा पहिरो र जाने समस्या छ भने अर्कोतिर कम वर्षाद हुँदा खडेरीको समस्या सामना गर्नुपर्ने अवस्था रहेको छ ।

यस गाउँपालिकाको पहिलो र प्रमु्ख घटना भूकम्प, पहिरो र बाढी, हावाहुरी, विद्युतीय करेण्ट लाग्ने र आगलागी हो ।
यसका अलावा खडेरी वन्यजन्तुको आक्रमण आदी यहाँ हुने अन्य प्रकोप रहेका छन् जसमध्ये सबैभन्दा बढी दुःख दिने र बारम्बार आइरहने प्रकोपका रुपमा खडेरी, आगलागी, चट्याङ्ग, असिनाको प्रभाव, हावाहुरी नै देखिएकोले यस गाउँपालिका विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको छ ।

यस गाउँपालिकामा ठूलो संख्यामा जनजातिहरु नेवार, तामाङ्ग, दलित, ब्राम्ह्ण र क्षेत्रीहरुको बसोबास रहेको पाइन्छ ।
प्राकृतिक सम्पदा
बलेफी गाउँपालिकामा नदी र नदीजन्य पदार्थ, वनजङ्गल, जडिबुटी रहेका छन् । बलेफी दोभान आफैंमा चर्चीत प्राकृतिक दोभान हो ।
पहाडी भू-बनौटको बलेफी गाउँपालिका प्राकृतिक सम्पदाले भरिएको क्षेत्र हो ।
सेल्ताप, चिलाउने, नौविसे, जलबिरे, चुलीडाँडा, बनकाली, धुस्कोट फुल्पिङडाँडा मनमोहक र लोभलाग्दा स्थान बलेफी मै पर्दछन् ।

यी स्थानलाई पर्यटन प्रर्वधन गर्ने गरी पालिकाले कार्य योजना बनाएर काम गर्दै आएको अध्यक्ष गंगाबहादुर तामाङगले बताए । अध्यक्ष तामाङगका अनुसार पालिकाले आन्तरिक तथा बाह् पर्यटकका लागि स्तरीय बासस्थानको उचित प्रबन्ध पनि गरेको छ ।


































