२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

थली थुम्की पहाड र चुचुराहरू रहेको बाह्रविसे नगरपालिका प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धनी

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक, बाह्रविसे सिन्धुपाल्चोकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हो ।

फोटो विवरण उपलब्ध छैन।

सिन्धुपाल्चोकमा मात्रै १२ स्थानीय तह छन् । पूर्वमा दोलखा जिल्ला पश्चिममा सिन्धुपाल्चोककै जुगल गाउँपालिका सँग सीमा जोडीएको यस नगरको उत्तरमा भोटेकोशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् ।

फोटो विवरण उपलब्ध छैन।

अनेकौ थली थुम्की पहाड र चुचुराहरू रहेको यो नगर हिमाली नगरपालिकाको मपदण्ड अनुसार नगरपालिका भएको हो ।

नेपाल चीन स्थलगत मार्ग जोडिने अरनिको राजमार्ग र दुवै तफ फैलिएको वडाहरूको फेदिमा रहेको भोटेकोशी नदी यसको प्रकृातिक पहिचान हो ।

फोटो विवरण उपलब्ध छैन।

तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसको अनेकौ एतिहासिकता जोडिएको छ ।

फोटो विवरण उपलब्ध छैन।

समुन्द्र सतहदेखी ५०० मिटर देखी ४,००० मिटर सम्मको उचाई भएको भु-वनोट रहेको यस नगरपालिकाको जनसंख्या २६,५३५ र क्षेत्रफल १३४.८ वर्ग कि।मि रहेको छ । नगरपालिकाको भवन रहेको बाह्रविसे बजारको रूपमा परिचित छ ।

फोटो विवरण उपलब्ध छैन।

यस बजारमा पूर्ख्यौलि नेवार जातीको बाहुल्यता रहेको छ । तर, समग्र नगरपालिकाको जनसंख्यामा भने तामाङ जातीको जनसंख्या अघि देखिन्छ ।

फोटो विवरण उपलब्ध छैन।

ब्राम्हणा, क्षेत्री, तामाङ, शेर्पा, गुरूङ लगाएत अनेकौ जातजाती र भाषाभाषिहरू यहाँ रहेका छन् भने थामी समुदाय यस नगरको आदिवाशी लोपोन्मुख जनजाती अन्तर्गत पर्दछन।

सिन्धुपाल्चोक जिल्लामा अवस्थित बाह्रविसे नगरपालिका प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपमा धनी छ।

फोटो विवरण उपलब्ध छैन।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय स्थानहरूमा गौराती भीमेश्वर मन्दिर, सुनकोशी नदीको तट, तातोपानी क्षेत्र, दुगुनागढी, भैरवकुण्ड, र जुगल हिमालको दृश्य हुन्।

प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू

गौराती भीमेश्वर मन्दिर : यो यस क्षेत्रको सबैभन्दा प्रख्यात र महत्त्वपूर्ण धार्मिक स्थल हो। यहाँ विशेष गरी भीमेश्वरको पूजा गरिन्छ।

सुनकोशी महादेव र तट:  सुनकोशी नदीको तट, विशेष गरी बाह्रविसे बजार आसपासको क्षेत्र, धार्मिक र पर्यटकीय दुवै दृष्टिले महत्त्वपूर्ण छ।

तातोपानी प्राकृतिक तातोपानीको मुहान : जहाँ नुहाउन र आन्तरिकरबाह्य पर्यटकहरू जान्छन्। यो सीमावर्ती पर्यटकीय स्थल हो।

दुगुनागढी ऐतिहासिक तथा पर्यटकीय स्थल : जहाँबाट प्राकृतिक दृश्य र ऐतिहासिक गढी हेर्न सकिन्छ।

भैरवकुण्ड धार्मिक महत्त्व बोकेको यो कुण्ड : सिन्धुपाल्चोकको एक प्रमुख आकर्षण हो।

जुगल हिमालको दृश्य:  नगरपालिका क्षेत्रबाट देखिने जुगल हिमालको सुन्दर दृश्यले पर्यटकहरूलाई आकर्षित गर्दछ।

स्थानीय गुम्बाहरू:  यहाँ विभिन्न स्थानमा रहेका पुराना गुम्बाहरूले स्थानीय संस्कृति र बौद्ध धर्मको प्रतिनिधित्व गर्छन्।

यी स्थलहरू बाह्रविसे नगरपालिकाको आर्थिक र पर्यटकीय विकासको प्रमुख आधार भएकोले पालिकाले पनि सोही अनुसार बजेट बिनियोजन गरेर प्रर्वधनको माम गर्दै आएको प्रमुख बालकृष्ण बस्नेतले बताए ।

Untitled
Untitled
Untitled