२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पर्यटकीय स्थलको पूर्वाधार विकास गर्दै पर्यटन प्रर्वधन गर्न गुरु योजनामा पाँचखाल नगरपालिका

Untitled
Untitled
Untitled

पाँचखाल, प्रदेश न-३ काभ्रेपलाञ्चोक जिल्लामा अबस्थित पाँचखाल नगरपालिका जिल्लाको तात्कालीन पाँचवटा गाविसहरु समेटी नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ बैशाख २५ गतेको मन्त्रीस्तरीय निर्णयबाट पारित भै स्थापना भएको हो ।

पाँचखाल नगरपालिका

यस नगरपालिकामा समेटिएका साविकका पाँच गाविसहरु क्रमशः पाँचखाल, होक्सेबजार, देवभुमि, वालुवा, अनैकोट र साठीघर भगवती हुन् ।

साथै मिति २०७३।११।२७ को नेपाल सरकारकोे निर्णय अनुसार थप साबिकका दुई खरेलथोक र कोशीदेखा गाविस गरी सात ओटा साविकका गाविसहरु मिलि संघियता पश्चातको पाँचखाल नगरपालिका बनेको हो ।

Panchkhal... - Panchkhal Municipality/पाँचखाल नगरपालिका

यस नगरपालिकाको कुल क्षेत्रफल १०३ वर्ग किमि रहेको छ भने कुल जनसंख्या ३७,७९७ रहेको छ ।

हाल १३ वटा वडामा विभाजन गरिएको यस नगरपालिका काभ्रेपलाञ्चोक जिल्लाको क्षेत्रफलको आधारमा दोश्रो ठूलो नगरपालिकाको रुपमा रहेको छ ।

यो नगरपालिकाको पूर्वमा भुम्लू गाँउपालिका, पश्चिममा धुलिखेल र बनेपा नगरपालिका, उत्तरमा मण्डनदेउपुर नगरपालिका र भुम्लू गाँउपालिका र दक्षिणमा तेमाल गाँउपालिका, नमोबुद्ध र धुलिखेल नगरपालिका रहेका छन ।

पाँचखाल नगरपालिकामा कृषिको प्रचुर सम्भावना रहेको छ ।

पाँचखाल नगरपालिका वडा नम्वर ५ का जेष्ठ नागरिक सम्मानीत - MadaniBeat.com

पर्यटकीय क्षेत्रको रुपमा रहेको पलाञ्चोक भगवतीको मन्दिर, अनैकोट भ्यू टावर, दुग्धेश्वर मन्दिर, सुनकोशी नदि किनार आदि परिचित रहेको हुदाँ यहाँ स्थानीय पर्यटन उद्योगको समेत उत्तिकै सम्भावना रहेको देखिन्छ ।

यी पर्यटकीय स्थलको पूर्वाधार विकास गर्दै पर्यटन प्रर्वधन गर्न नगरले गुरु योजना बनाएर अघि बढेको प्रमुख महेश खरेलले बताए ।

पाँचखाल नगरपालिकाको आ.ब. २०७८/७९ को नवौं नगर सभा, २०७८/०३/१० | पाँचखाल नगरपालिका

प्रमुख खरेलले आन्तरिक तथा बाह् पर्यटकको हव बनाउन नगरले आवश्यक बजेट बिनियोजन समेत गरेको छ ।

चिनारी तथा नामाकरण

पाँचखाल नगरपालिका काभ्रेपलाञ्चोक जिल्ला अन्र्तगतको एक नगरपालिका हो । यो नगरपालिका जिल्लाको मध्य भागमा अवस्थित छ ।

पाँचखाल नगरपालिका वडा नम्वर ५ का जेष्ठ नागरिक सम्मानीत - MadaniBeat.com

काठमाडौंबाट ४५ कि.मि. तथा धुलिखेल बाट १५ किलोमिटर टाढाको दूरीमा अवस्थित पाँचखाल काभ्रे जिल्लाको सबैभन्दा ठूलो समथर बेशी भाग ओगटेको क्षेत्र पनि हो ।

अरनिको राजमार्गले बिचबाट काटेर गएको यो बेशी समुन्द्र सतहबाट ९३७ मिटर अथवा ९२०७३ फिटको उचाइमा अवस्थित छ ।

पाँचखाल नगरपालिकाको प्रमुखमा कांग्रेसका महेश खरेल विजयी - Rastra Khabar

यस नगरपालिकामा पाँचखाल उपत्यकाको उर्वर भूमिको साथै तात्कालीन अनैकोट, होक्सेबजार, साठीघर भगवती गाविसहरुका भिरालो जमिनहरु रहेका छन् ।

यहाँ कृषि उत्पादन र पशुपालनका साथै आन्तरीक पर्यटन उद्योगको समेत प्रचुर सम्भावना रहेको छ ।

धरातलीय अवस्था

पाँचखाल नगरपालिका बेँसीको वरिपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पाल्लेखेतका डाँडाहरुले घेरिएको छ ।

यहाँको तापक्रम सरदर ३२ डिग्री देखि ३३ डिग्री रहने गरेको छ । झिँगु खोलाहरु द्धारा सिंचित यो बेँसी मलिलो भएतापनि पहिला यस ठाँउमा औंलो लाग्ने भएकाले यहाँ बस्ती थिएन ।

पहिला दनुवार जातिहरुको मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरुको आकर्षण बढ्दै गएको छ ।

यस नगरपालिकामा चैत महिना देखि असोजको प्रारम्भ सम्म गर्मी असोज देखि फागुन सम्म जाडो हुने भएकोले यहाँको हावापानी मौसम अनुसार विविध किसिमको रहेको छ ।

भौगोलिक विषमातायुक्त नगरपालिका भएकोले यहाँको उचाई र अबस्थिति फरक फरक पाइन्छ ।

ग्रीष्म र वर्षा ऋतुमा मनसुनी बर्षा हुने गर्दछ । मनसुनी वायुको प्रभाबले करिब २,००० मिलीलिटर सरदर वर्षा भएको पाइन्छ ।

यस नगरपालिकामा दक्षिणपूर्वी मनसुन प्रभावित क्षेत्रमा पर्ने हुनाले असारदेखि भाद्रसम्ममा प्रशस्त पानी पर्दछ ।

जिल्लाका मुख्य दुई जलाधारक्षेत्रहरू वाग्मती र रोशी क्षेत्र हुँदै न्यूनचापीय वायु जाने हुनाले यस क्षेत्रमा बढी वर्षा हुनेगर्दछ ।

यी दुवै जलाधारक्षेत्रहरू महाभारत क्षेत्रको वृष्टिछाँयामा पर्नेगर्दछ ।

Untitled
Untitled
Untitled