२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

वेस्ट इन्डिजसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालले वेस्ट इन्डिजसँग हुने ३ खेलको टी-२० सिरिजका लागि नेपालले आफ्नो राष्ट्रिय टिमको घोषणा गरेको छ।

मुख्य प्रशिक्षक स्टुअर्ट लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेका हुन्।

नेपाली टोलीको उपकप्तानी दीपेन्द्रसिंह ऐरीले नै गर्नेछन्। सिरिजका खेल २७, २९, र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)को सरजाह क्रिकेट मैदानमा हुनेछ।

नेपालले आइसीसी टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि सिरज खेल्न लागेको हो।

नेपाली टोली
१ रोहित कुमार पौडेल (कप्तान)
२ दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
३ कुशल भुर्तेल
४ लोकेस बम
५ कुशल मल्ल
६ आसिफ सेख
७ आदिल अन्सारी
८ करण केसी
९ नन्दन यादव
१० सन्दीप लामिछाने
११ सन्दीप जोरा
१२ आरिफ सेख
१३ ललितनारायण राजवंशी
१४ गुलशन झा
१५ सोमपाल कामी
१६ साहब आलम

Untitled
Untitled
Untitled