काठमाण्डू, काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो ।
यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।
शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०।६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।
धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ ।
बौद्ध र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।
कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।

इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।
हिमालयको फेदमा अवस्थित काठमाडौं उपत्यका विश्व सम्पदा सात स्मारक क्षेत्रका रूपमा कुँदिएको छ।
यी स्मारक क्षेत्रहरू दरबार वर्ग वा शहरी केन्द्रहरू हुन् जसका दरबारहरू, मन्दिरहरू र काठमाडौंका तीनवटा शहरहरू (हनुमान ढोका), पाटन र भक्तपुर, र स्वयंभू, बौद्धनाथ, पशुपति र चांगु नारायणका धार्मिक समूहहरू छन्।

स्वयंभूको धार्मिक भेलामा उपत्यकाको सब भन्दा पुरानो बौद्ध स्मारक (एक स्तूप) समावेश छ ।
नेपालको सबैभन्दा ठूलो स्तूप बौद्धनाथमा पर्छ।पशुपतिसँग विशाल हिन्दू मन्दिरको सीमा छ र चानारायणमा परम्परागत नेवारी बस्ती रहेको छ र पाँचौं शताब्दी देखि घाटीमा प्रारम्भिक शिलालेखहरू सहित एक हिन्दू मन्दिर परिसर छ।
काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले स्थानीय सरकार गठन भएयताका आठ वर्षको अवधिमा वडाको विकासमा आमूल परिवर्तन आएको बताएका छन् ।
२०७४ सालयता लगातार वडा नम्बर १ को नेतृत्व गरिरहेका श्रेष्ठले आठ वर्षको अवधिमा वडाको रुपरेखा नै परिवर्तन भएको महसुस आफूले गरेको बताएका हुन् ।

‘म दोस्रो कार्यकाल अहिले अध्यक्षमा छु, २०७४ देखि २०८२ सम्म आउँदा खेरी वडाको मुहार फेरेका छौँ,’ उनले भने, ‘यो कुरा वडाबासीहरुलाई पनि महसुस भएको होला ।’ वडाध्यक्ष श्रेष्ठले जति पनि विकास निर्माणको काम बुद्धिले भ्याएसम्म गरेको बताए ।
स्थानीय बासिन्दाको आवश्यकतालाई ध्यानमा राखेर वडा कार्यालयले काम गरिरहेको उनले जानकारी गराए ।
शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, खानेपानी, ढल निकास र सहरको सौन्दर्यीकरणमा वडाले विशेष ध्यान दिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारे ।


































