२०८३ साउन १२ मंगलवार | Tuesday, Jul 28 2026

जनकपुरधाममा कवाड संकलनसम्बन्धी विवादमा व्यवसायीमाथि निर्घात कुटपिट, ५ जना पक्राउ

Untitled
Untitled
Untitled

जनकपुरधाम, जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि निर्मम कुटपिट भएको छ। बरहथवा नगरपालिका-८ का ३७ वर्षीय व्यवसायी मुकेशप्रसाद यादवमाथि ५ जना मिलेर रड प्रहार गरेका हुन्।

शनिबार दिउँसो १२ बजेतिर व्यवसायका विषयमा विवादका कारण कुटपिट भएको धनुषा प्रहरीले जानकारी दिएको छ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार आक्रमणबाट गम्भीर घाइते भएका यादवलाई जनकपुर उपचार सम्भव हुन नभएपछि लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ।

शनिबार दिउँसो यादवमाथि जनकपुरधाम उपमहानगरपालिका १३ पीडारीका ४८ वर्षीय फेकु साह, १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह र भारत बिहारको सितामढी विष्णुपुर-३ बस्ने १७ वर्षीय विकास कुमार साह लगायतले आक्रमण गरेका थिए।

उनीहरू पाँचै जनालाई पक्राउ गरी अनुसन्धान थालिएको डीएसपी सिंहले जानकारी दिए।

कवाड संकलनसम्बन्धी टेण्डर फेकु र मुकेशले संयुक्त रुपमा लिएका थिए। सोही विषयमा छलफलका लागि मुकेश सर्लाहीको बरहथवा नगरपालिका-१३ का वडाध्यक्ष जागिर दर्जीलाई लिएर जनकपुर पुगेका थिए।

त्यही बेला फेकु र उनका छोराले मुकेशलाई गालीगलौज गरेपछि विवाद चर्कंदै गएर कुटपिटसम्म पुगेको देखिएको डीएसपी सिंहले जानकारी दिए।

Untitled
Untitled
Untitled