२०८३ असार २३ मंगलवार | Tuesday, Jul 07 2026

२२ अंकले घटेपछि सेयरबजार २ हजार विन्दूमा फर्कियो

Untitled
Untitled
Untitled

काठमाडौ, सेयरबजारमा आज २२.१२ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से उक्त अंकले घटेर २०९४.५४ विन्दू मा झरेको छ।

केही दिनयता पुनः नेप्सेमा निरन्तर गिरावट देखिएको छ। २२ सय विन्दू छोइसकेको नेप्से फेरि ओर्लिएको हो।

आज १९ कम्पनीको मात्र सेयर बढेको छ भने १९४ वटाको घटेको छ। योसँगै बजारमा २ अर्बको खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

बिहीबार २५७ कम्पनीको ५८ लाख कित्ता सेयर बिक्री भएको छ।

आज पनि आदर्श लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। बाँकी लगानीकर्ताले खासै कमाउन सकेनन्। उता गुमाउनेले ५.८० प्रतिशतसम्म गुमाएका छन्।

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको सर्वाधिक १० करोडको खरिदबिक्री भएको नेप्सेले जनाएको छ।

Untitled
Untitled
Untitled