२०८३ साउन ५ मंगलवार | Tuesday, Jul 21 2026

मनसुन थप सक्रिय, आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको क्रम जारी रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न भूभागमा वर्षाको गतिविधि थप सक्रिय हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।

यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मंगलबार राति पनि मनसुनी प्रभाव कायम रहने विभागको अनुमान छ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेशका केही स्थान, कर्णालीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र सडक यात्रामा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

Untitled
Untitled
Untitled