२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

आईपीएलमा दिल्लीमाथि हैदराबादको सहज जीत

Untitled
Untitled
Untitled

एजेन्सी, दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग ( आईपीएल ) २०२४ मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जीत हात पारेको छ ।

पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए ।

ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए ।

मयंक मारकंडे र नितेश रेड्डीले २/२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो ।

हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो । हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए ।

अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।

आईपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो ।

शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए ।

दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेशकुमार र अक्षर पटेलले १/१ विकेट लिए ।

राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जीतसहित सातौं स्थानमा छ ।

Untitled
Untitled
Untitled