२०८३ असार २३ मंगलवार | Tuesday, Jul 07 2026

म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेलले गरे सन्यास घोषणा

Untitled
Untitled
Untitled

एजेन्सी, फ्रेन्च तथा म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक राफेल भरानेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्।

२९ वर्षिय भरानेले सन् २०१८ को विश्वकप उचालेका थिए। सन् २०१३ मा सिनियर टोलीमा डेब्यु गरेका उनले ९३ खेलमा ५ गोल गरेका छन्।

भरानेले पछिल्लो पटक २०२२ मा भएको कतार विश्वकप खेलेका थिए। जुन खेलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गरेको थियो।

सन्यासपछि भरानेले भने, ‘यो एक दशक देशको प्रतिनिधित्व गर्न पाउनु मेरो जिवनको सबैभन्दा ठुलो सम्मान हो। हरेक पटक मैले निलो जर्सी लगाएको छु, यसमा मैले धेरै गर्व गरेँ।’

आफूले धेरै महिनादेखि यो सोचिरहेको र अन्तर्राष्टिय रुपमा सन्यास लिने यो सही समय भएकाले आफुले यो निर्णय गरेको बताएका छन्।

२०२१ को अगष्टमा रियल मड्रिडबाट युनाइटेड पुगेका भराने विश्वकपपछि सन्यास लिने पछिल्लो ब्लुस खेलाडी हुन्।

यसअघि गत जनवरीमा टोटनह्यामका गोकिपर तथा कप्तान ह्युगो लोरिसले सन्यास लिएका थिए। भरानेले लोरिसबाट फ्रान्सेली टोलीको कप्तानी गर्ने अपेक्षा गरिएको थियो।

 

Untitled
Untitled
Untitled