काठमाडौ, चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचि र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटबार्ता भएको छ ।
भेटमा लेचीले प्रधानमन्त्री दाहालको भ्रमणलाई चीनले विशेष महत्त्व दिएको बताएका थिए ।
प्रधानमन्त्री दाहाल र चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचीबीच ग्रेट हल अफ पिपल्समा द्विपक्षीय वार्ताको क्रममा अध्यक्ष लेचिले सो कुरा बताएका हुन् ।
चिनिया जनकाँग्रेस नेपालको विकासका लागि सहकार्य गर्न तत्पर छ, उनले बताएका थिए ।


































