२०८१ कात्तिक २८ बुधवार | Wednesday, Nov 13 2024

सोट्टोको आयोजनामा विश्व पर्यटनको अवसर पारेर सुन्दरीजलदेखि हैबुङंसम्म पद यात्रा

Untitled
Untitled
Untitled

काठमाडौ, ४४ औं पर्यठन दिवसको अवसर पारेर सोट्टो नेपालले एक दिवसीय पद यात्रा आयोजना गरेको छ ।

गोकर्णेश्वर र मेलम्ची नगरपालिकाको समन्वयमा भएको पैदल यात्रा सुन्दरीजलबाट शुरु भएर मूलखर्क, धाप ड्याम, प्रकृति रिसोर्ट हैबुङंमाम पुगेर समापन भएको थियो ।

पैदल यात्रा समापनपछि आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगर धार्मिक बिविधताले भरिएको काठमाडौंबाट सबै भन्दा नजिकको गर्यटकीय गन्तब्य भएर पनि ओझेलमा परेको बताए ।

प्रमुख तामाङले नगर भित्रका १३ वडा मध्ये ५ वडालाई पर्यटन प्रर्वधनका लागि नमूना वडाका रुपमा छनौट गरेको जानकारी दिए ।

उनले पर्यटकीय संभावना भएका स्थान पहिचान गरी नगरले आवाधिक योजना बनाएको बताए । तीन तहको सरकार मिलेर काम गर्नु पर्नेमा जोड दिदैं प्रमुख तामाङले यर्पटन ब्यावसायसँग जोडिएका सबै निकायलाई लगानी गर्न आग्रह गरे ।

उनले पर्यटन प्रर्वधनमा संघीय र प्रदेश सरकारले सहयोग र समन्वय नगरेको गुनासो गरे । बजेट अभावले नगरले सोचे जति काम गर्न नसकेको बताउने प्रमुख तामाङले निजी क्षेत्र लगानी गर्न तयार भए सम्पदाले भरिपूर्ण मेलम्ची क्षेत्रमा आन्तरिक र विदेशी पर्यटक बढाउन पर्यटन क्षेत्रमा सरोकार सबैले मिलेर काम गर्नु पर्ने पर्नेमा जोड दिए ।

उपप्रमुख उमा प्रधानले लुकेछिपेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सके ऐतिहासिक र प्राकृतिक सम्पदाको संरक्षण हुने बताइन् ।

उनले पर्यटन क्षेत्रमा सरोकार राख्ने सबै मिलेर काम गर्न सके आम्दानी बढाउन सहयोग पुग्ने जनाइन । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस्ता क्षेत्र हाम्रा सम्पत्ति हुन ।

यस्ता सम्पत्तिको संरक्षण र प्रचार गर्न सके विदेशी पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो ।

उनले त्यस्ता क्षेत्रको प्रचार प्रसारका लागि नगर लागि परेको जानकारी दिइन । सोट्टोका महासचिब दिनेश बस्नेतले पर्यटन र पर्याबरणलाई ध्यान र्दिदै पर्यटन प्रर्वधनमा लाग्नु पर्ने बताएका थिए ।

उनले काठमाडौ आसपासका पर्यटकीय क्षेत्रलाई सरोकारवाला सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

सोट्टोका पूर्वउपाध्यक्ष बोधराज भण्डारीले पद यात्रा कार्यक्रम बिगतको निरन्तरता भन्दै समाजलाई पर्यटनसित जोडन आग्रह गरे ।

उपत्यका पर्यटन कार्यालयका प्रमुख राजन पोखरेलले यस्ता पदयात्राले स्थान पहिचानका लागि अवसर हुने बताए ।

उनले पर्यटन ब्यावसाय र स्थानीय सरकारसित मिलेर पर्यटन प्रर्वधन गर्न उपत्यका पर्यटन कार्यालय सधैं तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा सोट्टोका अध्यक्ष भुवनबहादु्र पाण्डेले आन्तरिक र बाह्य पर्यटन प्रर्वधन गर्नृ पद यात्रा फलदायी भएको बताए ।

उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्दता ब्यक्र गरे । पर्यटनले एक स्थानदेखि अर्को स्थानको संस्कार साटासाट गर्न सहयोगी बन्ने जिकिर गरे ।

पर्यटन ब्यावसायलाई दियो बनाउन लगानीको संरक्षण हुनु पर्ने उनको भनाइ थियो । उनले तीनै तहका सरकारलाई पर्याबरण मैत्री संरचाना बनाउन आग्रह गर्दै स्थानीय स्तरमा रोजगारी र स्थानीय उत्पादन बढाएर संस्कृतिको जर्गेना गर्नु पर्नेमा जोड दिए ।

सोट्टोले पर्यटन दिवसको अवसर पारेर बिबिध कार्यक्रम गर्दै आएको छ । पद यात्रामा करिव सय जना जतिको सहभागिता रहेको थियो ।

विश्व पर्यटन दिवस यो पटकको नारा पर्यटनमा हरित लगानी भन्ने नाराका साथ मनाइंदै छ ।

Untitled
Untitled
Untitled