काठमाडौ, सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजका लागि बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक सरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको व्यस्तता र आवश्यक तयारी नपुगेकाले बैठक भोलिसम्मका लागि सारिएको हो ।
निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको हो ।
बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालयलगायतका विषयमा छलफल हुने बुझिएको छ ।