२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

विमान दुर्घटनाले पोखरामा ५० प्रतिशत घटे यात्रु, अन्तर्राष्ट्रिय उडान पनि अनिश्चित

Untitled
Untitled
Untitled

पोखरा, पोखराबाट काठमाडौँ जाने काम परेपछि आइतबार मैले एउटा टिकट काटेको थिएँ । टिकट बिहान ९ बजेर ४० मिनेटको थियो ।

तर, फ्लाइटको अघिल्लो दिन एयरलाइन्सबाट फोन गरेर १० बजेर २५ मिनेटमा सिफ्ट भएको जानकारी दिइयो ।

यसरी यी दुई वटा फ्लाइटका यात्रुलाई एउटै समयमा उडाउँदा पनि यात्रु आधा मात्र थिए,’ पोखराबाट काठमाडौँ प्लेनमा पुगेर पुनः पोखरा फर्केका रमेश ज्ञवालीले भने ।

सोमबार काठमाडौँबाट पोखरा फर्किँदा पनि दृश्य उस्तै दोहोरिएको उनले बताए । ‘११ः५ को फ्लाइट, १२ः५ को फ्लाइट र १२ः१० बजेको समयमा बोडिङ पास लिएकाहरूलाई एउटै फ्लाइटमा हालेर पोखरा ल्याउँदा पनि जहाजमा आधा मात्र यात्रु थिए’, उनको भनाइ थियो ।

अहिले पोखरा आउने र फर्कने जहाजहरू यात्रुको चाप नभएको उनको भनाइ छ ।

पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार ठिक १ महिना भयो ।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छैन । आन्तरिक उडान भने भइरहेको छ । तर, आजभोलि आन्तरिक प्रस्थान विन्दुतिर पनि यात्रुको चाप नभएको हो ।

विमानस्थल सञ्चालनमा आएको १३(१४ दिनसम्म यात्रुको खचाखच रहे पनि आजभोलि यात्रु सङ्ख्या नपुग्दा फ्लाइट सङ्ख्या खुम्चिएका छन् ।

यात्रु सङ्ख्या नपुग्दा ३ वटासम्म फ्लाइटलाई मर्ज गरेर एउटै फ्लाइट बनाएर उडान गरिएको छ ।

माघ १ गतेसम्म पोखराबाट ४८ वटासम्म आन्तरिक उडान भएकामा त्यसपछि पुस १६ गतेसम्म आइपुग्दा २६ वटा फ्लाइटमा खुम्चिएको हो ।

माघ १ गते २६ सय यात्रुले विमानस्थल मार्फत यात्रा गरेका थिए । विमान दुर्घटनापछि १५ सय भन्दा माथि यात्रुको सङ्ख्या पुग्न सकेको छैन ।

पार्किङमा यात्रु कुर्ने ट्याक्सीको सङ्ख्यादेखि आवतजावत गर्ने संख्यामा कमी आएको छ । यसको परिदृश्य आउनुमा माघ १ मा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना हो ।

विमानस्थलको तथ्याङ्कले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको सङ्ख्या घटेको देखाएको छ ।

दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख विक्रम गौतमले बताए ।

उनका अहिले यात्रुको सङ्ख्या घटेपछि विमानको फ्लाइट पनि घटेको छ ।

‘यो पर्यटक आउने सिजन होइन । तर, विमान दुर्घटनाले पनि यात्रुहरू घटेको सत्य हो । मानिसमा साइकोलोजिकल असरले यात्रुको सङ्ख्या पहिलेको तुलनामा कम देखिन्छ,’ प्रमुख गौतमले भने ।

पोखराबाट कुनै दिन ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ । बुद्ध एयरको मात्र १७ वटा फ्लाइट हुन्थ्यो । ‘

सोमबार विमानमार्फत पोखरा भित्रने र बाहिरिने यात्रुको सङ्ख्या १३ सय थियो । यो संख्या निरन्तर वृद्धि होला,’ प्रमुख गौतमले भने ।

माघ १ गते २६ सय यात्रुले विमानस्थल मार्फत यात्रा गरेका थिए । विमान दुर्घटनापछि १५ सय भन्दा माथि यात्रुको सङ्ख्या पुग्न सकेको छैन ।

‘अहिले त क्रमिक सुधार भइरहेको छ । अझै केही दिनअघि ९ सय ८० यात्रु पुगेको रेकर्ड छ,’ गौतमले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै सेती खोचमा यति एयरको विमान दुर्घटना प¥यो ।

४ चालक दलसहित ६८ यात्रु गरी ७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटनापछि पोखरामा मात्र हैन, देशभरि नै हवाई यात्रु घटेको नागरिक उड्डयन प्राधिकरण तथ्याङ्कमा देखिन्छ ।

दुर्घटनापछि पर्यटक बस, जिप यात्रुको चाप बढेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाट्टा० गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए ।

उनका अनुसार काठमाडौँ–पोखरा आवतजावत गर्ने यात्रुको संख्या वृद्धि भएको हो ।

अन्तर्राष्ट्रिय उडान अनिश्चित

नागरिक उड्डयन प्राधिकरणले फेब्रुअरी २३ बाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको थियो ।

तर, उडान हुने दिन नजिकिँदा पनि यसका लागि क्यानमा हालसम्म कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अनुमति पाएका छैनन् ।

दुर्घटनापछि पोखराबाट जोमसोम, भरतपुर, नेपालगन्जलगायतको उडानसमेत हुन नसकेको विमानस्थल प्रमुख विक्रम गौतम बताए । ‘

मनाङ र बागलुङ एयरपोर्ट किन चलेनन् भन्दा बिजनेस दिन नसकेर नै हो । सबैले एयरलाइन्सले आफ्नो बिजनेस सर्भाइभ होस् भन्ने लक्ष्य राखेको हुन्छ ।

तर, यात्रु नै नहुँदा त कति दिन चलाउने भन्ने हो,’ गौतमले भने ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने सेवा सुविधासँगै पूर्वाधार बनिसकेको भएपनि अहिलेसम्म कुनै एयरलाइन्सले अनुमति पाएका छैनन् । ‘

यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न सम्पूर्ण तयारी भइसकेको छ । तर, यसको प्रमोसन भएन,’ गौतमले भने । विश्वसामु लिए जाँदा बिजनेससँगै फ्यालिसिटी दिनुपर्ने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय उडान गर्न एआईपी गरिसकेको छौँ उहाँहरूले बुझ्दै हुनुहुन्छ होला १ कस्तो पार्किङ छ, कति रनवे छन्, कति वटा ट्याक्सी वे छन् ।

टर्मिनल सुविधा कति छ । त्यो हेरेपछि उडान गर्ने नगर्ने उहाँहरूको हातमा छ,’ गौतमले भने, ‘एयरलाइन्सले इन्ट्रेस्ट राखेपछि प्यासेन्जरको लोड हेरिन्छ ।

त्यसपछि मूल्याङ्कन हुन्छ र फाइदा हुने अवस्था रह्यो भने मात्र उडान हुन्छ ।’

पोखरा विमानस्थलले मुख्यतः वैदेशिक रोजगारीमा रहनेहरू, धार्मिक सांस्कृतिक पर्यटक लगायतसँग जोड्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।

यसअघि पोखराबाट जजिरा, फ्लाइ दुवै, कतार एयरवेज र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान गर्ने बताए पनि टुङ्गोमा पुगेको छैन ।

पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।

तर, भारतका यी विमानस्थलबाट अनुमति पाइसकेको छैन ।

आन्तरिक उडान राम्रोसँग चले सजिलै भायबल हुन्छः खनाल

आन्तरिक उडान राम्रोसँग चले पोखरा विमानस्थल सजिलै ‘भायबल’ हुने पूर्वसचिव रामेश्वर खनाल बताउँछन् ।

‘एउटा व्यक्तिको जीवनकालमा कहीँ घुम्न जान खोज्छ भने त्यो पोखरा नै हो ।

अझ कनेक्टिभिटी धनगढी, महेन्द्रनगर, चन्द्रगढीसम्म विकास गर्न सकिए नेपाली पर्यटककै कारणले पनि पोखरा विमानस्थल सजिलै ‘भायबल’ हुन्छ’, उनले भने, ‘अहिले पनि पोखरा विमानस्थल ब्रेक इभन भन्दा माथि रहेको डाटाहरू छन् ।

योअनुसार विमानस्थल चल्यो भने वर्षमा १ अर्ब जतिको आम्दानी विमानस्थलले गर्छ ।’

जसअनुसार विमानस्थल बनाउन भएको २२/२३ अर्ब खर्च ८/९ वर्षमा उठाउन सकिने उनको भनाइ छ ।

Untitled
Untitled
Untitled