२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

म्यानमारमा सङ्ककटकाल थप ६ महिना लम्बियो

Untitled
Untitled
Untitled

एजेन्सी, म्यानमारको सैन्य सरकारले सङ्कटकालीन अवस्थालाई थप ६ महिना बढाएको छ।

देशको सङ्कटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले सहमति जनाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि म्यानमारमा सङ्कटकाल लागू भएको थियो ।

सैन्य सरकार अर्थात् जुन्ताका प्रमुख मिन आङ ह्लाइङले आपत्काललाई लम्ब्याउन गरेको आग्रहलाई स्वीकार गरिएको खबरमा उल्लेख छ ।

म्यानमारमा सैन्य ‘कू’ पछि जुन्ता सरकारविरुद्ध देशभर भएका प्रदर्शनमा झन्डै दुई हजार सात सयले ज्यान गुमाएका छन् भने सयौँलाई पक्राउ गरी थुनामा राखिएको छ ।

सैन्य सरकारको हिरासतमा रहेकी नेतृ सुकीलाई विभिन्न मुद्दामा ३३ वर्षको जेल सजाय तोकिएको छ ।

२ वर्षअघि आङ सान सू ची को एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो।

सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए।

देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दावीलाई पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो

Untitled
Untitled
Untitled