२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

व्यापारीको स्वार्थमा फेरि ब्युँताइँदै मोटरसाइकलमा दुई हेलमेट लगाउने असफल नियम

Untitled
Untitled
Untitled
काटमाडौं, मोटरसाइकल पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने विषयमा भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएपछि पक्ष र विपक्षमा बहस शुरु भएको छ। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरूले मोटरसाइकलको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट प्रयोग गर्ने नियम ल्याउन उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेपछि कार्यान्वयन गर्नुपर्ने र नहुने पक्षमा चर्चा छ। मंगलबार भएको छलफलमा सरोकारवालाहरूले सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पाङ्ग्रे सवारीमा हुने भएकाले यात्रुलाई पनि हेल्मेट अपरिहार्य गर्नुपर्ने नियम ल्याउन आग्रह गरे। दुई पाङ्ग्रे सवारी साधनमा चालककोभन्दा पछाडि बस्ने यात्रुको ‘अन द स्पट’ मृत्यु हुने सङ्ख्या बढी देखिएको तग्थ्याङ छ। तैपनि यात्रुले पनि हेलमेट अनिवार्य लगाउनुपर्ने नियमको विपक्षमा कतिपयले टिप्पणी गर्दै आएका छन्। पहिले नै पटक/पटक असफल भइसकेको प्रयोगलाई पुनः लागु गर्न खोज्नुमा ‘दालमे कुछ काला हे’ भन्दै टिप्पणी गरिरहेका छन्। कतै हेल्मेट व्यवसायीको स्वार्थ र कमिसनको चक्क्रमा त यस्तो नियम ल्याउन लागिएको होइन भन्दै सामाजिक सञ्जालमा टिप्पणी देख्न सकिन्छ। यसअघि यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौँ रुपैयाँको हेल्मेट बिक्री हुने गरेको थियो। कार्यान्वयन अवधिभर स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध भएको थिए। नहोस् पनि किन नियम ल्याएको केही महिनापछि नै कार्यान्वयन हुन छाडेका थिए। पटक/पटक असफल नियम फेरि किन ? यस्तो नियम आजभन्दा २० वर्षअघि पनि लागु गरिएको थियो। तर छोटो समयमै असफल भएको थियो। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा (२०६९ सालमा)मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम थियो। हेल्टेम लगाएर पछाडि बस्ने व्यक्ति अपराधका घटनामा संलग्न भएको भन्दै यो व्यवस्था हटाइयो। तर, उक्त नियम हटेको ६ वर्षपछि २०६५ मा पुनः उही नियम ब्युँतियो। पछाडि बस्नेले पनि हेल्मेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो। चौतर्फी आलोचना भएपछि असफल भयो। ती समयमा लाखौँको सङ्ख्यामा हेलमेट पनि बिक्री भयो। तर केही महिनापछि बिस्तारै यो नियम असफल भयो। पछि पनि विभिन्न समयमा यो नियम ल्याउने चर्चा चले। तर कसैले ल्याउन सकेनन्। २०७६ जेठमा तत्कालीन ट्राफिक प्रहरी महाशाखाका प्रमुख (एसएसपी) वसन्त यो नियम पुनः लागु गर्ने बताएका थिए। त्यति बेला पनि उक्त निर्णयको व्यापक विरोध भयो। कार्यान्वयनमा आउन सकेन। चिन्ता सुरक्षा कि स्वार्थको ? पटक पटक असफल भइसकेको नियम अहिले फेरि सुरक्षाको बहनामा ल्याइन लाग्नुलाई कतिपयले शंकाको दृष्टिले हेरको छन्। भौतिक पूर्वाधार मन्त्रालयले कडाइका साथ पालना गराउने तयारीमा रहेको यो नियममा स्वार्थ जोडिएको आँकलन छ। नेपालमा दर्ता भएका कुल सवारीको सङ्ख्या ४३ लाख बढी छ। दर्ता भएकामध्ये झन्डै ८० प्रतिशत दुई पाङ्ग्रे सवारी छन्। यो करिब ३५ लाख हाराहारीका मोटरसाइकल हो। ती मध्ये करिब आधा मात्रै सञ्चालनमा रहेका भए पनि १८ लाख जति मोटरसाइकल चलिरहेका अनुमान गर्न सकिन्छ। यसअघि हेल्मेट अनिवार्य गर्ने विषयमा अर्बौँ रुपैयाँको हेल्मेट बिक्री हुने भन्दै सुरक्षाको नाममा स्वार्थका आधारमा ल्याइएको नियम भन्दै विरोध हुने गरेका थिए। अहिले पनि तुलनात्मक रूपमा दुई पाङ्ग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको ‘हेड इन्जुरी’का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको सरकारी पक्षको तर्क छ। तर यो नियमको पछाडि अठार बीस लाख मोटरसाइकल चालकलाई किनाउनुपर्ने अर्को हेल्मेटको कमिसन जोडिएको कतिपयको तर्क छ। भौतिक पूर्वाधार मन्त्रालयकै एक अधिकारी भन्छन् ‘‘विगतमा असफल भएको नियम किन ल्याउनुपर्योरु हेलमेट बिक्री भएको सङ्ख्याका आधारमा कमिसन लिने सर्तमा व्यापारीसँग मिलेर यो नियम लागु गर्ने प्रयास भइरहेको छ।’’ के छ ऐनमा ? सवारी तथा यातायात व्यवस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा चार पाङ्ग्रे सवारीमा चालक तथा अघिल्लो सीटमा बस्ने व्यक्तिले सुरक्षा पेटी अनिवार्य बाँध्नुपर्ने उल्लेख छ। चालकसँगै अघिल्लो भागमा बस्ने यात्रुले पनि अब सिट बेल्ट बाँध्नु पर्नेछ। ऐनमा मोटरसाइकल चालकको लागि अर्को नियममा प्रस्ट लेखिएको छ–‘दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्छ।’ ट्राफिक प्रहरीका एक उच्च अधिकारी भन्छन् ‘‘ऐन नबनाई यो नियम कार्यान्वयन गर्न सकिने अवस्था थिएन। तर, अहिले ऐनमा नै व्यवस्था छ। यो नियम नमानेर हुन्छरु ऐनमा उल्लेख भएकाले यो नियम कार्यान्वयन गराउन सकिन्छ।’’ कहिलेबाट लागु होला ? मंगलबार भौतिक तथा यातायात मन्त्रालयको छलफलमा सबै पक्षको यो नियम कार्यान्वयने पक्षमा एकमत थियो। मन्त्री श्रेष्ठ, रोड सेफ्टी अलायन्सलगायत केही एनजिओका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख मिरा चौधरीलगायत सहभागी छलफलमा सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पाङ्ग्रे सवारीमा हुने भएकाले हेल्मेट दुवैलाई अपरिहार्य गर्नेबारे कुरा उठेको थियो। विगतमा यस्तो प्रावधान लागू गर्दा अनावश्यक विवाद भएको उल्लेख गर्दै ट्राफिक प्रहरी प्रमुख चौधरीले यसबारे सबै निकायहरूको एकै धारणा हुनुपर्नेमा जोड दिएकी थिइन्। पूर्वमन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले यस्तो व्यवस्था गर्नु उपयुक्त हुने भएकाले यो बारे संसद्मा समेत आफूहरूले पहल गर्ने बताएका थिए। उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरूलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका छन्। ट्राफिक प्रहरीले भने दुई पाङग्रे सवारी साधन पछाडि बस्ने यात्रुलाई ऐनमै अनिवार्य हेल्मेट लगाउनुपर्ने व्यवस्था रहेकाले त्यसैको आधारमा यो नियम तत्काल कार्यान्वयन गर्न सकिने बताएको छ। ट्राफिक प्रहरी प्रमुख चौधरी भन्छिन् ‘‘यो नियम भन्दा पनि सचेतना हो। यात्रुहरू आफैँले आफ्नै सुरक्षाको लागि लगाउने हो। कार्यान्वयनको लागि भने यातायात व्यवस्था विभाग अन्य सरोकारवाला निकाय बीचको समन्वय र सहकार्य पश्चात् मात्र हुन्छ। हामीले मात्रै हुँदैन। माथिबाटै आदेश आएमा र सबै पक्षा तयार भएमा भोलिबाटै कार्यान्वयन गराउन तयार छौँ।’’
Untitled
Untitled
Untitled