काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।