२०८३ साउन ७ बिहीवार | Thursday, Jul 23 2026

विद्यार्थीलाई गलत सङ्गतमा पर्न दिइनु हुँदैन् : प्रधानमन्त्री ओली

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताए ।

काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

उनले नेपाल अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुकभन्दा अगाडि जानसक्ने बताए ।

उनले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने उल्लेख गरे ।

उनले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गरे ।

अहिलेको सरकारको ध्यान तीव्र विकासको काममा रहेको उल्लेख गरे ।

अहिलेको सरकारको ध्यान तीव्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढङ्गले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने , हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ । हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन् ।

म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढङ्गले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लोबल्ली उनीहरुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छौं भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताए ।

उनले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताए । विद्यार्थीलाई गलत सङ्गतमा नपर्न आग्रह गरे ।

Untitled
Untitled
Untitled