२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Untitled
Untitled
Untitled

काठमाडौ, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७७ र भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस्’ भनी प्रस्ताव पनि प्रस्तुत हुनेछ ।

यो विधेयकमाथि गत २९ चैतमा सैद्धान्तिक छलफल भएर विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न लाग्दा गणपूरक संख्या नपुगेपछि संसद् बैठक नै स्थगित भएको थियो ।

आजको बैठकमा कांग्रेसका नेता तथा पूर्वसांसद तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरिने कार्यसूची पनि छ ।

२०१५ सालको आमनिर्वाचनमा धनकुटाको साविक क्षेत्र नम्बर २६ बाट निर्वाचित सांसद तुम्बाहाम्फेको ९७ वर्षको उमेरमा गत २४ चैतमा निधन भएको थियो ।

Untitled
Untitled
Untitled