२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नयाँ वर्षको अवसर पारेर रसुवाको उत्तरगयाले गर्यो पर्यटकीय गन्तव्य पहिचानका लागि पदयात्रा

Untitled
Untitled
Untitled

रसुवा, नयाँ वर्षको छेक पारेर उत्तरगया गाउँपालिका रसुवाको महिला, बालविकास तथा ज्येष्ठ नागरिक शाखाले पर्यटनमार्फत् आर्थिक उन्नयन तथा स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तीनदिने पदयात्रा सम्पन्न गरेको छ ।

पदयात्राको अभीष्टबारे ठ्यामठ्याममा आयोजित अनौपचारिक परिचयात्मक तथा अनुभव आदानप्रदान कार्यक्रममा आयोजकको तर्फबाट आफ्नो सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले पर्यटनलाई आर्थिक उपार्जनसँग जोडी स्थानीयबासीको आर्थिक विकासमा उल्लेख्य सकारात्मक बदलाव ल्याउन यो पदयात्राले सघाउ पु¥याउने आफ्नो अपेक्षा रहेको बताए ।

स्थानीय उत्पादनलाई सघाउन र बजारीकरण गर्न गाउँपालिका हरदम कृतसङ्कल्पित रहेको उनको कथन थियो ।

त्यसैगरी उपाध्यक्ष चमेली गुरूङले यस्ताखाले कार्यक्रमबाट महिला सशक्तीकरणमा टेवा पुग्ने राय व्यक्त गरिन् । बीस वर्षे गुरुयोजनाको पूर्वसन्ध्यामा आयोजित पदयात्राले आफूहरुलाई मूर्त योजना बनाउन मद्दत पुग्ने उनको अभिमत थियो ।

No description available.

वडा नं १ र २, का वडाध्यक्षहरू क्रमशः मार्सिङ तामाङ र टुकुप्रसाद सुवेदीले खासगरी जल, जङ्गल र जमिनलाई समुचित उपयोग गरी स्थानीय जनताको आर्थिकस्तर अभिवृद्धिका निम्ति आफूहरू जस्तोसुकै त्याग गर्न तत्पर भएको अवगत गराए ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत दीपक अधिकारीले पदयात्रा कार्यक्रमले आफूलाई त्यो क्षेत्रको भूगोल तथा सम्पदा बुझ्नका निम्ति काफी सहयोग गरेको तर्क गर्दै त्यसैअनुसार आगामी रणनीति तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘महिला नेतृत्वसहितको पर्यटकीय गन्तव्य पहिचान’ भन्ने मूल नाराका साथ सम्पन्न उक्त पदयात्रा डाँडागाउँबाट शुभारम्भ गरी बासथला, रविखर्क, तालखर्क हुँदै पँधेराखर्कलाई पहिलो दिनको रात्रिबिसौनी बनाइएको थियो ।

दोस्रो दिन पँधेराखर्कबाट, डढेले, घलेको चिहान, काहिँला बसेको टुप्पा हुँदै फिकुरीमा सङ्क्षिप्त विश्रामपछि थाक्लेका हुँदै गोङ्गा भन्ज्याङमा पदयात्रा टुङ्ग्याइएको थियो ।

त्यसरी नै अन्तिम दिन गोङ्गा भन्ज्याङबाट समारम्भ गरी ख्याङ्नेन, बस्याखर्क, ठ्यामठ्याम, रत्नौले, पात्ले हुँदै डाँडागाउँमै आएर पैदलयात्रा तुरिएको थियो ।

No description available.

पर्यटन व्यवसायी अम्बिर गुरुङले जोत्नु भनेको बिउ रोप्नु हो, अन्यथा जोत्नु र बाँझो रहनुमा तात्विक अन्तर नहुनेु भन्दै घुमाउरो भाषामा परिणाममूलक काम गर्न सुझाए ।

सहभागीहरूले पनि योजनाको ठोस कार्यान्वयनमा आआफ्ना क्षेत्रबाट लागि पर्ने तथा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

पदयात्रामा गाउँपालिकाजनप्रतिनिधि, गाउँ कार्यपालिकाका सदस्यहरू, सोही गाउँपालिकाका पर्यटन व्यवसायी तथा पत्रकारहरूको सहभागीता रहेको थियो ।

Untitled
Untitled
Untitled