२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै, बजेटदेखि अन्तर्राष्ट्रिय सन्धिसम्मका एजेन्डा

Untitled
Untitled
Untitled

काठमाण्डौ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बूने भएको छ ।

बैठकमा सरकारका आर्थिक, सांस्कृतिक र श्रम नीतिसँग जोडिएका महत्वपूर्ण विधेयक तथा अन्तर्राष्ट्रिय सन्धिहरू सदनमा पेस हुने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनसँग सम्बन्धित विनियोजन विधेयक, २०८३ प्रतिनिधिसभामा पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यो विधेयकलाई सरकारको विकास रणनीति र आर्थिक प्राथमिकता कार्यान्वयन गर्ने प्रमुख उपकरणका रूपमा हेरिएको छ।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभाबाट उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा ९संरक्षण० विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन्।

सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन र पहिचान सुदृढीकरणलाई जोड दिने यो विधेयकलाई दीर्घकालीन नीतिगत महत्वको रूपमा लिइएको छ।

यस्तै युवा, श्रम तथा रोजगार मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठन ( आईएलओ ) को श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ।

यसलाई श्रम बजारमा पारदर्शिता, श्रमिक अधिकार र कार्यस्थल सुरक्षा सुदृढीकरणतर्फको कदमका रूपमा विश्लेषण गरिएको छ।

त्यसैगरी मन्त्री गौरीकुमारीले नै बाध्यकारी श्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल (नं. २९) पनि सदनमा प्रस्तुत गर्नेछिन्।

यसलाई नेपालले अन्तर्राष्ट्रिय श्रम मापदण्ड र मानव अधिकारप्रति देखाएको प्रतिबद्धतासँग जोडेर हेरिएको छ।

Untitled
Untitled
Untitled