२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

कांग्रेस क्रियाशील सदस्यता अभियान: ५ लाख ३८ हजारभन्दा बढीले एनसीआईडी लिए

Untitled
Untitled
Untitled

काठमाण्डौ । नेपाली कांग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अध्यावधिक अभियानअन्तर्गत सदस्यहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

पार्टीका अनुसार हालसम्म ५ लाख ३८ हजार ६ सय २२ जनाले एनसीआईडी प्राप्त गरी आफ्नो सदस्यता अद्यावधिक गरिसकेका छन्।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा जनाइएअनुसार अध्यावधिकका लागि योग्य ठहरिएका कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये ठूलो संख्याले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेका हुन्।

साथै १ लाख ४९ हजार ३ सय ९ सदस्यले स्वयम् अनलाइन वा फाराममार्फत विवरण बुझाएर प्रक्रिया अघि बढाएको उल्लेख गरिएको छ।

पार्टीले हिमाली तथा दुर्गम भेगका जिल्ला र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा इन्टरनेट पहुँचको समस्या भएकाले त्यस्ता क्षेत्रका सदस्यहरूको अध्यावधिक कार्यलाई विशेष सहजीकरणसहित अघि बढाइने जनाएको छ।

यस अभियानका लागि तोकिएको समय भने हिजो रातिसम्म मात्रै कायम गरिएको थियो।

यसैबीच नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया अर्को सूचना जारी नभएसम्म निरन्तर खुला रहने जानकारी दिएको छ।

Untitled
Untitled
Untitled