काठमाण्डू, नेपाली कांग्रेसको शेखर कोइराला प्यानलले आफ्ना समूहका मन्त्री सरकारबाट फिर्ता बोलाएको छ।
कांग्रेसमाथि सरकार छाड्न दबाब परिरहेका बेला पनि पदमा टाँस्सिरहेका सभापति शेरबहादुर देउवा पक्षलाई चुनौती दिँदै शेखरले एक कदमअगाडि बढेर आफ्ना मन्त्रीहरूलाई पद छाड्न दबाब दिएका हुन्।
सरकारमाथि चर्को दबाब पर्दा पनि प्रधानमन्त्री केपी ओली नेतृत्व भने कर्फ्यूलगायत अन्य दमनकारी नीतिमा नै अडिग छ।


































