२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

प्रधानमन्त्रीले पद छाड्नुपर्छ, कांग्रेसलाई फिर्ता गराउन पहल गर्छु– महामन्त्री थापा

Untitled
Untitled
Untitled

काठमाण्डू, कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई अविलम्ब पद छाड्न आग्रह गरेका छन् ।

जेनजीको आन्दोलनमा भएको दमनको जिम्मेवारी लिँदै पद छाड्न उनको आग्रह छ । रातभर सुत्न सकिनँ। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन।

अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ, थापाले मंगलबार फेसबूकमा लेखेका छन् ।

उनले कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने बताउँदै त्यसका लागि पहल गर्ने पनि बताएका छन् ।

अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुँदैन, रहन सक्दैन।

नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु।

Untitled
Untitled
Untitled