बेइजिङ, प्रधानमन्त्री केपी ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागीभएका छन् ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्र प्रमुख, सरकार प्रमुखलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री आली चीन भ्रमणमा छन् ।
चीनको औपचारिक भ्रमण सकेर आजै प्रधानमन्त्री ओली नेपाल फर्कंदै छन् ।
रासस


































