२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

दैनिक नयाँ रेकर्ड राख्दै सुनको भाउ, प्रतितोला २ हजारले बढ्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, स्थानीय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सुनको भाउ लगातार पाचौं दिनपनि नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँको रेकर्डतोड स्तरमा पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४८० रुपैयाँ पुगेको छ ।

Untitled
Untitled
Untitled