तिजकै दिन, कांग्रेसी चेली ईश्वरीले राज्य व्यवस्था समिति नाममा ‘सभापतिको दर’ खान पाइन् ।
ईश्वरीले गतिलो दर पाएकोमा उनका शुभचिन्तकहरु कांग्रेस संसदीय दलमा भेला भएर धन्न यसरी नाचेनन् “झन् माथि सार्यो झन् तल झर्छ ।”
ईश्वरीको यो पगरी पहिले ओखलढुंगे दुर्गेश थापा अर्थात् विवादास्पद राम नामको हरिविजोग केटोले गुथेको थियो ।
वास्तवमा यो राजधानी तान्त्रिक शहर हो । त्यसैले नागरिकदेखि नेतासम्मका विचित्रका झारफुक देख्न पाईन्छ । चाइनिजले बनाईदिएको ससद नामको ‘भूतघर’मा वर्षौदेखि वायु बकाउने गरेका नेताहरुमध्ये अहिले ओखलढुंगे पटठोको विशेष चर्चा छ ।
राम ! राम ! यो दौरासुरुवालेको नियति नै विडम्बनायुक्त छ । कहिले उसको कोटको गोजीमा अरुको नाडीमा भएको घडी आँफै उडेर आउँछ । कहिले नलेखिएको मस्यौदाका हरफहरुमा अक्षरहरु सुटुक्क भित्रन्छन् । आफूलाई किसुनजीका खास चेलो बताउने तल्लाघरे खतिवडा बाजेका यी सुपुत्रलाई कतिपयले अविवाहित ‘फुडो’ नै मान्छन ।
सोलु सल्लेरीका तिघ्रे केसीकी विन्दास बहिनीसँग यिनले गरेका रसवसको कुरा गरी साध्यै नै छैन ।
कुरो गरेर टुंगोमा नपुरयाउने, बोलेर कहिल्यै नथाक्ने । अनामनगरको सिलौटोदेखि बानेश्वरको इन्देणी र दरबारमार्गको नाङ्लो लगायत बत्तीसपुतलीको सिद्धार्थ कटेजसम्ममा यी ‘लम्वु’ले कमिसनका लङ्गुरवुर्जा खेलाउँछन् । खरदारलाई वहिदार वनाइदिने धमासदेखि मेजरलाई कसरी जर्नेल बनाउने ? मलाई राम्ररी थाहा छ भन्दै यी रामले ‘हरि प्रवचन’ दिँदै हिड्छन् ।
यिनको बानी छ भीडभाडमा सात्विक हुने र पेग नमार्ने । जसै यी एक्लिन्छन् ।अनि धीत मर्ने गरी ‘दारु’ स्वाँट्ठ पार्छन र तन्दुरी लुच्छन् । सभाहलमा कुर्लन पर्दा देखाउने खाने एउटै ‘दाँत’ भएको झैं गर्ने यी हरेरामका वर्णन हजारजीव्रे प्रचण्डले समेत वेलावखत गरिरहन्छन् ।
विश्वप्रकाशले हेर्दा ‘गगनका’ जस्ता लाग्ने । शेखरको सामुन्ने ‘कोइरालावादी’ । शेरबहादुरका अगाडि देउवापन्थी बन्न सक्ने ओखलढुंगे माइलोलाई कतिपयले राजनीतिका धादिङ्गे ‘धमला’ जस्ता मान्छन् । धूर्त, दोधारे, दोग्ला, अवसरवादी, स्वार्थी जे पगरी पनि गुथाउन मिल्ने वलबहादुर कालका यी ‘बाहुननानी’ले ‘राई मुन्धुम’ गाएरै ‘जिन्दगी’ बनाएका हुन् ।
भाटभटेनीलाई गाह्रो पारेर मीनबहादुरवाट राम्रो असुलेका र सिभिल होम्सलाई साह्रो पारेर इच्छाबहादुरवाट मनग्गे इच्छा पूरा गरेका यी खतिवडे ‘नश्ल’लाई जनजातिहरु राम्ररी फाप्छ । त्यसैको खास उदाहरण त हो –जनजाति जर्नेल ज्वाइको घडी काण्ड ।
पढेको कुरा कहिल्यै नगर्ने र सधैँ चढेको स्वर उचाल्ने यी ‘बवुआ’ वाप नम्वरी वेटा दश नम्वरी कै आयाम हुन् । यिनले गर्न वाँकी केही राखेका छैनन् । एउटा रोचक प्रसंग छ – यिनी वेलावखत मौका मिलाएर नेता वलबहादुर कहाँ जाँदा रहेछन् । जाँदा जाँदै यिनको सम्बन्ध ‘नील सरस्वती स्थान’ सित गाढा नै भएछ ।
उनी मन्दिर र देबीको दर्शन गरेर बाटो लाग्न चाहन्थे । मन्दिर र देबीलाई खाँचो थियो भगवानको । कुरो मिलेन । अनि रामहरि सरस्वतीका त भएनन् भएनन् कसैको हुनसक्ने अवस्थामा पनि पुग्न सकेनन् ।
यसरी अहिलेसम्म अविवाहित ‘पट्ठो’ देखिएका रामहरि ‘वुढो–वोको’ जस्तै सर्वत्र गन्हाइरहेका छन् । चिरिचिट्ट परेर जति हिँडे पनि अथवा जामे मस्जिदतिरको अत्तर पसलका जतिसुकै पफ्र्युम दले पनि उनको शरीरबाट विवादास्पद दुर्गन्ध ह्वास्स आइ हाल्छ ।
यिनै अनैतिक वुवुराले केहीअघि नैतिकताको पाठ पढ्दै राजिनामा गरेका थिए । जीवनको आधा शताब्दि अनैतिक जीवनशैली बिताएको यो ओखलढुङ्गे मान्यलाई कसैले नमान्ने अवस्थामा पुगेपछि उनले यो बाटो रोजेका हुन् ।
त्यसैले हामी भन्छौं –“भगवान उनको रक्षा करे ।”
वास्तविकता – “मगर करेगा नहीं ”