२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

राप्रपाबाट निर्वाचित बागमतीका सभामुख पाठकले दिए राजीनामा

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रदेशसभा सांसद हुँदै सभामुख बनेका भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

पाठकले प्रदेशसभा नियमावलीअनुसार बुधबार उपसभामुख अप्सरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन्।

भदौ २४ गते जेनजी आन्दोलनका नाममा बागमतीको प्रदेशसभा भवनसमेत जेलपछि पाठकले नैतिकताको आधारमा राजीनामा दिएको बताए।

प्रतिनिधिसभा विघटन भए पनि संविधानतस् निर्माण भएका स्थानीय तह र प्रदेशसभा यथाअवस्थामै छन्।

आन्दोलनम घुसपैठ गरेको आरोप राप्रपालाई समेत लागेको छ। राप्रपाले यसअघि संघ र प्रदेश सबै तहका सांसदले राजीनामा दिएको घोषणा गरिसकेको थियो।

Untitled
Untitled
Untitled