२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

Untitled
Untitled
Untitled

काठमाण्डू, नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ ।

सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

तत्काल लोडर प्रयोग गरी पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

घिमिरेले भने ‘अहिले पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको छ । पानी रोकिएपछि पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याउँछौँ ।’

यसअघि बिहान पनि सोही ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको थियो । तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको थियो ।

उक्त स्थानमा निरन्तर पहिरो झर्ने क्रम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न विभागले अनुरोध गरेको छ ।

साथै लेन अनुशासनमा रही सवारी साधन चलाउनसमेत अनुरोध गरेको छ ।

Untitled
Untitled
Untitled