काठमाडौं, फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ ।
नेपाल र बुहराइनबीचको खेल राति १२: ४५ बजे सुरु हुनेछ । नेपालको सिनियर टिमले पहिलोपटक बहराइनको सामना गर्न लागेको हो ।
दशरथ रंगशालाको मैदान खेल्नलायक नभएपछि नेपालले होम र अवे दुवै लेग बहराइनमा खेल्न लागेको हो ।
नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० को नतिजाका साथ दोस्रो चरणमा पुगेको थियो ।
समूह एच’ मा रहेको नेपालले दोस्रो चरणमा दुई खेल खेलिसकेको छ । नेपाल यसअघि यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।
नेपाल रहेको समूहमा नेपाल, बहराइनसहित यमन र यूएई रहेका छन् ।
अंकविहीन रहेको नेपाल अहिले तालिकाको पुछारमा छ । अहिले समूह ‘ए’ को तालिकाको शीर्ष स्थानमा यूएई रहेको छ ।
यस समूहमा बहराइन तीन अंकसहित दोस्रो स्थानमा छ । उसले दुई खेलबाट तीन अंक जोडेको हो ।



































