२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

वेचन झाहरूको गिरफ्तारीपछि कांग्रेस–एमालेको सहकार्य भयो : प्रमुख सचेतक पाण्डे

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा ( माओवादी केन्द्र ) का प्रमुख सचेतक हितराज पाण्डेले भूटानी शरणार्थी प्रकरणमा फरारहरु पक्राउ पर्न थालेपछि कांग्रेस–एमाले सहकार्यमा जुटेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतको पक्षमा बोल्दै उनले सरकारले सुशासनको पक्षमा दृढतापूर्वक काम गर्न थालेपछि काँग्रेस–एमालेले नयाँ समीकरण बनाएको आरोप लगाएका हुन्।

प्रमुख सचेतक पाण्डेले ललिता निवास, सुन तस्करी, भूटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु पक्राउ पर्न थालेपछि कांग्रेस एमालेले आफ्नाहरूलाई बचाउन नयाँ सत्ता सहकार्यका हात अघि बढाएको जिकिर गरे।

दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा, जनताको पक्षमा काम गरेको दाबी समेत उनले बताए।

‘खासगरी सरकारले सुरु देखिनै सुशासन, समृद्धि र सामाजिक न्यायको लागि आफ्नो योजना प्रश्तुत गर्‍यो।

जतिखेर पनि यो सदनमा राख्ने काम गर्‍यो। सम्माननीय प्रधानमन्त्रीज्युले संसदमा नयाँ अभ्यास पनि अघि बढाउनु भयो हरेक महिनाको पहिलो हप्ता सांसदहरुको प्रश्नको जवाफ दिने।

वा सरकारले गरेको कामहरू हुन्,’ उनले भने, ‘फेरी पनि अहिलेको यो अवस्था किन आयोरु यसको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा विस्तृत कुरा राखिसक्नु भएको छ।

फेरि पनि मलाई के लाग्छ भने जब भूटानी शरणार्थीको कुरा होस, अथवा ललिता निवासको कुरा होस्।

सुन तस्करीको कुरा होस्। खासगरी सुशासनसँग सम्बन्धित कुरा सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो।

बेचेन झाहरूको जब गिरफ्तारी हुन थाल्यो। त्यसपछि वास्तवमा यो प्रक्रिया अघि बढ्न थाल्यो भन्ने मलाई लाग्छ।’

 

Untitled
Untitled
Untitled