२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

त्रिशूलीमा खसेका बसको खोजी जारी, पानी धमिलो भएकाले गोताखोर भित्र जान सकेनन्, चुम्बकले खोज्दा भेटिएनन्

Untitled
Untitled
Untitled

चितवन, नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिन सकेको छैन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा मध्यरात पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म नभेटिएका हुन् ।

बिहान करिव ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

तीनजना यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन् ।

खोज्नको लागि पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन् ।

यसकारण चुम्बक फालेर बसको खोजी सुरु गरिएको थियो । तर, भेटिन नसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन पहिरोमा रोकिए दुई दर्जनबढी बिहेको गाडी, बेहुला जाममै अड्किए बेहुली जग्गेमा पर्खँदै

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

सशस्त्र प्रहरीका ३ वटा बोट र सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ ।

रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

 

Untitled
Untitled
Untitled