२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

गुल्मीमा एकै दिन १३ ठाउँमा आगलागी, जले पसलदेखि मन्दिरसम्म

Untitled
Untitled
Untitled

गुल्मी, गुल्मी जिल्लामा शनिबार एकै दिन १३ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ८३ घरगोठ जलेका छन् । ७५ पशु चौपाया मरेका छन् ।

आगलागीमा एउटा ट्याक्टर र दुईवटा कुटानीपिसानी मिल जलेको छ । दुईवटा किराना पसल र एउटा मन्दिर पनि जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीबाट मानबीय क्षती नभएपनि २ जना मानिस र ७ पशुचौपाया पनि घाइते भएका छन् ।

इस्मा २ हाडीखोला, सोही ठाउँको कोटकोटरी र मुर्किना मा आगलागी भएको थियो । गुल्मीदरबार ६ भलायचौर र मुसिकोट ५ आँपचौरमा पनि आगो लागेको थियो ।

अर्लाङ्कोट र मालिका १ म्यालचौर, मदाने १ घडेरीमा पनि आगलागी भएको थियो । छत्रकोट १ हुँगा, धुर्कोट ६ कुरमचाल्ने, वडा नम्बर ४ रातापोखरा र रुरुक्षेत्र १ भटकुवामा पनि शनिबार नै आगलागी भएको थियो ।

गुल्मी २ मा खानेपानीको पाइप पनि जलेको र बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

Untitled
Untitled
Untitled