२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू , उलंघन नगर्न चेतावनी

Untitled
Untitled
Untitled

काठमाडौं, उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गर्नका लागि आचारसंहिता लागू गरेको हो ।

आगामी वैशाख १५ गते इलाम प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

इलाम र बझाङ जिल्लामा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

आचार संहितको पालना गर्न आयोगले सबैलाई अनुरोध गरेको छ । आचारसंहिता उलंघन भए कानून बमोजिम सजाय हुने आयोगले चेतावनी दिएको छ ।

 

Untitled
Untitled
Untitled