२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

पञ्जाबविरुद्ध हैदराबादको २ रनको जीत, आज राजस्थान र गुजरात भिड्दै

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपिएल ) २०२४ मा सनराइजर्स हैदराबादले तेस्रो जीत निकालेको छ ।

तेस्रो जित दर्ता गर्नेक्रममा हैदराबादले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई २ रनले हरायो ।

पञ्जाब भने तेस्रो जीत निकाल्न चुक्यो । आफ्नो पाँचौं खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो ।

उसका लागि शशांक सिंहले २६ बलमा ६ चौका र एक छक्कासहित अविजित ४६ रन बनाए ।

यस्तै, आशुतोष शर्माले अविजित ३३, साम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ र कप्तान शिखर धवनले १४ रन जोडे ।

हैदराबादका लागि भुवनेश्वर कुमारले दुई, प्याट कमिन्स, टी नटराजन, नितिशकुमार रेड्डी र जयदेव उनादकटले एकरएक विकेट लिए ।

त्यसअघि चण्डीगढमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनायो ।

उसका लागि नितिशकुमार रेड्डीले ३७ बलमा चार चौका र पाँच छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

यस्तै, अब्दुल समदले २५, ट्रभिस हेडले २१, अभिषेक शर्माले १६, शाहबाज अहमदले अविजित १४ र राहुल त्रिपाठीले ११ रनको योगदान दिए ।

पञ्जाबका लागि अर्शदीप सिंहले चार, साम करन र हर्षल पटेलले दुईरदुई तथा कागिसो रबाडाले एक विकेट लिए ।

यो जीतपछि हैदराबाद अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । उसले पाँच खेल खेल्दा तीनमा जीत र दुई खेलमा हारको सामना गरेको छ ।

छैटौँ स्थानमा रहेको पञ्जाबले पाँच खेल खेल्दा तीनमा हार तथा दुई खेलमा जीत निकालेको छ । आइपीएलमा आज राजस्थान रोयल्स र गुजरात टाईटन्स प्रतिस्पर्धा गर्नेछन् ।

चार खेल खेल्दा जारी सिजनमा राजस्थान अपराजित छ । ऊ अहिले ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

गुजरातले भने पाँच खेल खेल्दा तीनमा हार र दुई खेलमा मात्र जीत निकालेको छ ।

Untitled
Untitled
Untitled