काठमाडौं, राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने भएको हो ।
उपाध्यक्षका लागि सत्तारुढ दलले नेकपा ९एमाले० सांसद विमला घिमिरेलाई अघि उम्मेदवार बनाएको छ । उनी कपिलवस्तुकी हुन् ।
त्यस्तै, राष्ट्रियसभा उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंकी विष्णुदेवी पुडासैनीलाई अघि सारेको छ ।
पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट तथा घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, समर्थकमा नेकपा ९माओवादी केन्द्र० का गोपीबहादुर सार्की अछामी छन् ।
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका तीन, जनमोर्चा, लोसपा, मनोनीत गरी एकरएक सांसद रहेका छन् ।


































