२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

विपक्षी काँग्रेसको अवरोधले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

Untitled
Untitled
Untitled

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् ।

त, सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

Untitled
Untitled
Untitled