२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

देशभर १२ स्थानमा राजमार्ग अवरुद्ध, १० असोजभित्र खोल्ने सरकारको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर एक दर्जन स्थानमा अझै पनि राजमार्गहरू अवरुद्ध रहेका छन्।

सडक विभागका अनुसार रसुवागढी बाढीका कारण चीनसँगको मुख्य व्यापारिक नाका बन्द छ।

कर्णाली, कोशी, तमोर, भेरी करिडोर लगायतका राजमार्गका विभिन्न खण्डहरूमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छन्।

सरकारले १० असोजभित्र सबै अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

मुख्यसचिवको संयोजकत्वमा बसेको बैठकले तीव्र गतिमा काम अगाडि बढाउने निर्णय गरेको छ।

पुल र सडकमा बढी भारका सवारीका कारण हुने क्षति रोक्न कडा निगरानीसमेत गरिने भएको छ।

Untitled
Untitled
Untitled