काठमाण्डू, समुन्नत नेपालको प्राथमिक आधार, पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार भन्ने नाराका साथ यस बर्षको रोपाइँ महोत्सव २०८२ मनाउने तयारी भएको छ ।
स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले गाँउ पर्यटन प्रबर्धन मञ्च नेपाल र कालिका गाँउपालिकाको संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हरेक वर्ष झैं यस वर्ष पनि रोपाइँ महोत्सव २०८२ (कृषि पर्यटन) आयोजना गर्न लागेको हो ।
रसुवाका प्रतिनिधिभिाका साँसद माननीय मोहन आचार्यको प्रमुख आतिथ्यतामा हुने रोपाइँ महोत्सव कार्यक्रममा सहभागी भै कार्यक्रम लाई सफल पार्न गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालले आग्रह गरेको छ ।
गाँउ पर्यटन प्रबर्धन मञ्च नेपालले आन्तरिक तथा बाह्र पर्यटक प्रर्वधन गर्न बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
मिति: १५ असार २०८२ / 29 June 2025
प्रस्थान समय: बिहान ६:०० बजे
प्रस्थान स्थान: सोह्रखुट्टे, कालधारा चोक, काठमाडौं
गन्तव्य: कालिका गाउँपालिका–५, जिब्जिबे, गैरीगाउँ, रसुवा
दर्ता शुल्क: प्रतिव्यक्ति रु. १५०० मात्र
निःशुल्क टि-शर्ट
शुल्कमा आवत–जावत, खाजाको व्यवस्था, खाना, दही-चिउरा तथा सांस्कृतिक कार्यक्रम समावेश ![]()
इच्छुक महानुभावले १३ गते दिउसो १ बजे सम्ममा हाम्रो सचिवालयमा सम्पर्क गर्नुहोला।
दर्ता र थप जानकारीको लागि कृपया हाम्रो सचिवालयमा सम्पर्क गर्नुहोस्।
आबश्यक सामग्रीहरू:
1. चप्पल
2. साबुन / स्याम्पु
3. सानो टावेल
4. भित्री कपडा
5. गन्जी / भेस्ट
6. टि-शर्ट
7. हाफ पाइन्ट
8. झोलाको कभर
9. फर्स्ट एड किट
10. फोन / CDMA, चार्जर, इयरपीस
11. क्यामेरा र चार्जर
12. रेनकोट / छाता
Manahari Dahal, Second Vice President & Coordinator Ashar 15 Ropai Festival-2082
Village Tourism Promotion Forum Nepal (VITOF-Nepal) Tel.: +977-1-4700575, 9841178197, 9851051523, 9851054638, 989851076943 E-mail: [email protected], Website: www.vitofnepal.org.np


































