२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

ओरालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८४ डलरमा झर्यो मूल्य

Untitled
Untitled
Untitled

एजेन्सी, विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उपभोक्ता अमेरिकामा क्रुड आयलको इन्भेन्ट्रीमा कम भएको छ।

अमेरिकाको ऊर्जा सूचना प्रशासनले १८ अगस्टमा समाप्त सप्ताहमा इन्भेन्ट्रीमा ६१ लाख ब्यारेल कमी आएको जनाएको हो।

यो गिरावटपछि अमेरिकी पक्षबाट कच्चा तेलको खरिद बढ्ने भएकाले मूल्य उछाल आउने सम्भावना थियो। यद्यपि, बुधबार कच्चा तेलको मूल्य घटेको छ।

बुधबारको बजार बन्द हुँदा बेन्चमार्क ब्रेन्ट क्रुड ८२ सेन्टले झरेर ८४.२१ डलर प्रतिब्यारेलमा पुगेको थियो।

वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि ७५ सेन्टले घटेर ७८.८९ डलर प्रतिब्यारेल भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार पनि कच्चा तेलको भाउमा गिरावट आएको थियो। विश्वकै दोस्रो ठूलो कच्चा तेलको उपभोक्ता चीनमा माग कम भएपछि विश्व बजारमा कच्चा तेलको भाउ झर्न थालेको बताइएको छ।

Untitled
Untitled
Untitled