२०८३ साउन ६ बुधवार | Wednesday, Jul 22 2026

भोलिका लागि बोलाइयो उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

Untitled
Untitled
Untitled

काठमाडौ, उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि (बिहीबार) बस्ने भएको छ।

बुधबार बिहान प्रधानमन्त्री पुस्पकमल दाहालसँगको नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो।

बालकोटमा प्रधानमन्त्री दाहाल र ओलीबीच डेढ घन्टा लामो छलफल भएको थियो।

ओली उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन्। यसअघि संयन्त्रको बैठक बस्ने भनिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संयन्त्रको बैठक बस्न माग गरेको थियो। यद्यपि रास्वा सरकारबाट बाहिरिसकेको छ।

Untitled
Untitled
Untitled