काठमाडौ, बुधबार स्थगित भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको हो ।
बैठकमा गृह मन्त्रालय, राष्ट्रपति निर्वाचन, पार्टीका विभागमा नेताहरूको जिम्मेवारी तोक्नेलगायत विषयमा बैठकमा छलफल हुनेछ ।
यसअघि बुधबार बस्ने तय भएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताको कारण स्थगित गरिएको थियो ।
त्यस्तै, समसामयिक राजनीतिक घटनाक्रममाथि पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
मंगलबार बसेको पदाधिकारी बैठकले नागरिकता विवादका कारण पदमुक्त रवि लामिछाने र उनको पार्टीलाई तत्काल गृह मन्त्रालय नदिने निर्णय गरेको थियो ।
माओवादी केन्द्रको उक्त निर्णयपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको चर्चा हुन थालेको छ ।
यद्यपि प्रधानमन्त्री दाहालले आफू गठबन्धन जोगाउन सक्दो प्रयास गरिरहेको बताउँदै आएका छन् ।