२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

मुलुकलाई निकास दिन कांग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय : सांसद खान

Untitled
Untitled
Untitled

काठमाण्डू, जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।

सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा ९एमाले०लाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेको अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरुले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताए ।

सांसद खानले भन्नुभयो, ‘‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन् । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन् ।

प्राथमिकता उपचार गरेको छ । अव चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यकता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो ।

यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट तीन, चार महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरु मिल्नुस, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो ।

देशमा रोजगारी आउँछ भने तपाईहरु मिल्नुस् । मिलेर देशलाई निकास दिनुस । वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु ।’’

सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।

Untitled
Untitled
Untitled