काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।
आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्नेमा जोड दिंदै माग वार्ताबाट अविलम्ब सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताए ।
सङ्घीय संसद् सचिवालयका कर्मचारी केही दिन यता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् । उहाँहरुले ११ बुँदे मागसहित आन्दोलन थाल्नुभएको छ ।
उनले भने ।
संसद सेवाका कर्मचारीमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका मागसहित कर्मचारीहरु संसद् भवन परिसरमा विरोध जनाउँदै आएका छन् ।


































