२०८३ असार २ मंगलवार | Tuesday, Jun 16 2026

काँग्रेस महामन्त्री शर्माले भने, गृहमन्त्रीले जीवी राईको लोकेसन पत्ता लाग्यो भनेको भगाउनलाई हो ?

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले ‘जीवी राईको लोकेसन पत्ता लागिसक्यो’ भनेर दिएको अभिव्यक्तिको औचित्यप्रति आशंका व्यक्ति गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले भने, ‘लोकेसन पत्ता लागिसक्यो भनेको जीवी राईलाई भगाउनलाई हो ? माइकबाट फुकेर लोकेसन पत्ता लागिसक्यो भनेर स्टन्डबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदैछ ?’

मलेसियाका गृहमन्त्रीले नेपालका गृहमन्त्रीसँग कुरा गरेको भनेर गोपनीयता नखोलेको तर नेपालका गृहमन्त्री लामिछानेले भने गोपनीयता खोलेको बताए ।

‘हाम्रा गृहमन्त्रीले राजपत्रमा छाप्नबाहेक मिडियामा बिस्कुन लगाउनुहुन्छ’, उनले भने ।

लोकेसन पत्ता लागिसकेको भए चार दिन बित्दासमेत किन पक्राउ गरेर नल्याउको त भन्ने उनको प्रश्न थियो ।

गृहमन्त्री लामिछानेले सुपर्दगी सन्धी नभएकाले राईलाई मलेसियाबाट ल्याउन कठिन भएको बताएका थिए ।

तर, शर्माले भने मलेसियाको कानून अनुसार प्रक्रिया पुर्‍याउन ल्याउन सकिने दाबी गरे ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले गत बिहीबार सहकारी ठगीको आरोप लागेका र अहिले फरार रहेका जीबी राई मलेसियामा रहेको र उनको लोकेसन पत्ता लागिसकेको बताएका थिए ।

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘हामीलाई लोकसन थाहा भइसकेको छ । मलेसियाका गृहमन्त्रीले नै कन्फर्म गरिसक्नुभएको छ ।’

Untitled
Untitled
Untitled