२०८३ असार २ मंगलवार | Tuesday, Jun 16 2026

बजेट पारित नहुँदासम्म सदनमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले बजेट पारित नहुँदासम्म पार्टीका सांसदहरूलाई संसद‍्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘हाल नेपाली कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको सर्वविदितै छ ।

प्रमुख प्रतिपक्षमा रहेको बखत संसदमा जनताका आवाज घनिभूत रुपमा मुखरित गर्नुपर्ने हुँदा त्यसका लागि संसदका बैठकहरुमा उपस्थिति अनिवार्य हुन्छ ।

हाल संघीय संसदका वैठकहरुमा माननीय सदस्यहरुको उपस्थिति न्यून हुने गरेको छ ।

यो बैठक संसदीय दलका सबै सदस्यलाई संसदका आगामी बैठकहरुमा अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्दछ ।’

उनले प्रतिनिधि सभाको आगामी बैठकमा आ।ब २०८१/८२ को विनियोजन विधेयक ( बजेट ) निर्णायार्थ प्रस्तुत हुने भएको हुँदा असार ९ गते देखि विनियोजन विधेयक ( बजेट ) निर्णायार्थ प्रस्तुत हुँदासम्मका सबै बैठकहरुमा अनिवार्य उपस्थित हुन र निर्देशन ( व्हिप )गरेको बताए ।

 

 

Untitled
Untitled
Untitled