२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

यूरो कपमा अस्ट्रियाद्वारा पोल्यान्ड ३-१ गोलले पराजित, फ्रान्स र नेदरल्याण्ड्सले अंक बाँडे

Untitled
Untitled
Untitled

एजेन्सी, युरो कप २०२४ को समूह चरणमा फ्रान्स र नेदरल्याण्ड्सले बराबरी खेलेका छन् ।

शुक्रबार राती जर्मनीको लाइप्जिङ रंगशालामा भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

समूह डीमा रहेका यी दुई टिमले गोलरहित बराबरी खेल्दै तालिकामा एक –एक अंक थपेपछि दुवैको समान चार–चार अंक भएको छ ।

यो खेलमा फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पे भने मैदान प्रवेश गरेनन् ।

अघिल्लो खेलमा नाकमा चोट बोकेका एम्बाप्पेले फेस सिल्ड लगाएर खेल्ने बताइए पनि नेदरल्याण्ड्सविरुद्ध उनलाई आराम दिइएको थियो ।

नेदरल्याण्ड्सका जाभी सिमोन्सले ६९ औं मिनेटमा गोल गरे पनि भिएआरले चेक गर्दा अफसाइड भएको पाएपछि गोलले मान्यता नपाउँदा अग्रता लिन सकेन ।

अन्ततः दुवै टिमले गोलरहित बराबरी नै खेले । समूह डीकै अर्को खेलमा अस्ट्रियाले पोल्यान्ड्लाई ३–१ गोलले पराजित गरेको छ ।

अस्ट्रियाको जीतमा जेनोट टुरनियर, क्रिस्टोफ बाउमगार्टनर र मार्को अर्नाउठोभिक एक एक गोल गरे ।

पोल्यान्डका लागि क्रिजस्टोफ पियाटेकले गरेको एकमात्र गोल सान्त्वनामा परिणत भयो ।

खेलको नौँ मिनेटमा जेनोटको गोलबाट अस्ट्रियाले सुरुआती अग्रता बनाएको थियो ।

तर, ३०औँ मिनेटमा क्रिजस्फोटले गोल गरेपछि पोल्यान्डले खेल १–१ को बराबरी अबस्थामा ल्याएको थियो ।
६६औँ मिनेटमा क्रिस्टोफले गोल गरेपछि अस्ट्रिया खेलमा २–१ ले अघि बढ्यो । ७८औँ मिनेटमा अस्ट्रियाका लागि कप्तान मार्कोले गोल गर्दै ३–१ जित दिलाए ।

जितसँगै दुई खेलबाट अस्ट्रियाले तीन अंक जोडेर तेस्रो स्थानमा छ । पराजित पोल्यान्ड भने युरोको समूह चरणबाटै विदा भएको छ । त्यसैगरी समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको छ ।

युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले गोल गर्दा स्लोभाकियाको लागि इभान श्रान्जले एक गोल फर्काए ।जितसँगै जारी यूरोकपमा युक्रेनले पहिलो जित हासिल गरेको छ । समूह ‘ई’ मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ । युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो ।

खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए ।युक्रेनले समूह चरणको अनितम खेलमा २६ जुनमा बेल्जियमको सामना गर्ने छ ।

Untitled
Untitled
Untitled