२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

बजेट लक्षित एमाले अध्यक्ष ओलीको टिप्पणी, भन्छन् – ‘एक/दुइजना मन्त्री हुँदैमा एमाले चुप बस्दैन्`

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले बजेटमा सन्तोष गर्न नसकिने बताएका छन् ।

संसदीय दलको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सरकारले विकास केन्द्रित बजेट ल्याउन नसकेको टिप्पणी गरेका हुन् ।

देशलाई गरिवीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष गर्ने अवस्था नरहेको जनाए ।

एक दुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने अध्यक्ष ओलीको भनाई छ । सरकारमा सहभागी भएकै आधारमा चुप लागेर बस्न नहुने ओलीले बताए ।

कमी कमजोरीमा खुलेर छलफल र समीक्षा जरुरी रहेको ओलीको भनाई छ ।

उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजनको समीक्षा गर्न मन्त्रीहरुलाई सुझाव दिए ।

उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे ।

‘ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिन्छ ।’ उनले भने, ‘नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी होइन ।’

त्यस्तै अध्यक्ष ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रम तीव्र रुपमा फैलाएको आरोप लगाएका छन् ।

उनले एमालेलाई कमजोर पार्न अध्यक्ष ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर समेत गरे ।

Untitled
Untitled
Untitled